Bisal Chautari Logo

प्यासीको ‘वर्णन’ सार्वजनिक

- २६ फाल्गुन २०७०, सोमबार १६:१५ मा प्रकाशित


Narendra-Pyasi
विशाल चौतारी समाचार
कठमाडौं, २६ फागुन ।
चर्चित गायक नरेन्द्र प्यासीको एकल संगीत र गायनमा गीति संग्रह ‘वर्णन’ बजारमा आएको छ । आइतवार राजधानीमा एक कार्यक्रमको आयोजना गरि उक्त एल्बम्को बिमोचन गरिएको थियो ।
एल्बम्लाई गायक प्यासी, लोक सञ्चारकर्मी नेपालका अध्यक्ष गोबिन्द गिरी ‘प्रेरणा’ र पशुपति म्युजिक प्रालिका सञ्चालक शीव सुवेदीले संयुक्त रुपमा सार्वजनिक गरेका थिए । गीति संग्रहमा पुरन थापाका एकल गीत रहेका छन् । एल्बम्मा ‘चन्द्रमाले रोइ माग्यो’, ‘छैन तारा सगरमा’, ‘कस्तो भेट भयो आज’, ‘एउटी परी’ लगायत आठवटा गीत समाहित छन् ।

add

प्रतिक्रिया