Bisal Chautari Logo

अमेरिकी राष्ट्रपतीय निर्वाचन : ट्रम्पभन्दा बाइडेन अगाडी

- १९ कार्तिक २०७७, बुधबार ०७:३२ मा प्रकाशित


विश्वको ध्यान तानिरहेको अमेरिकी राष्ट्रपति निर्वाचन मंगलबार सम्पन्न भएको छ । निर्वाचनपछिको सुरुवाती परिणाममा डेमोक्रेटिक पार्टीका जो बाइडेनले वर्तमान राष्ट्रपति डोनाल्ड्र ट्रम्पलाई झिनो अन्तरले पछि पारेका छन् ।

एनबिसी न्युज तथा बीबीसीका अनुसार अहिलेसम्म ५० मध्ये ४० राज्यको परिणाम सार्वजनिक भएको छ । डेमोक्रेटिकका उम्मेदवार बाइडेनले २२० इलेक्टोरल कलेज भोटिङ पाएका छन् । रिपव्लिकनका ट्रम्पले २१३ इलेक्टोरल कलेज भोटिङ पाएका छन् । वाइडेनभन्दा ट्रम्प ७ इलेक्टोरल कलेज भोटिङले पछि छन् । अमेरिकामा ५३८ इलेक्टोरल छन् । स्मरण रहोस कि सन् २०१६ यता अमेरिकन राष्ट्रपति निर्वाचनमा फरक नतिजा आएको छैन । त्यसबेला पब्लिक भोटिङमा डेमोक्रेटिकका हिलारी क्लिन्टन विजयी भएकी थिइन् । तर इलेक्टोरल कलेजमा ट्रम्पले क्लिन्टनलाई हराइन् । विश्वकै शक्तिशाली राष्ट्र अमेरिकाको राष्ट्रपति हुन कम्तीमा पनि २७० इलेक्टोरल भोटिङ आवश्यकता पर्छ ।

राष्ट्रपति निर्वाचन टर्निङ प्वाइन्ट राज्य मानिएको फ्लोरिडामा ट्रम्पले बाजी माने सम्भावना बढेको बिसिसीले जनाएको छ । । यता फलोरिडामा अहिलेसम्म ८० प्रतिसत भोटिङ सम्पन्न भएको छ । जसमा ट्रम्पले ५० प्रतिशत पपुलर मत पाएका छन् । यो पछिल्लो निर्वाचन भन्दा राम्रो हो । फलोरिडामा सन् २००८ र २०१२ मा बाराक ओबामाले बाजी मारेका थिए ।
जर्जिया, पेन्सिल्यानिया, विस्कन्सिन, मिसिगन, एरिजोना, टेक्सास, उत्तर क्यारिलोनामा ट्रम्प र बाइडेनबीच प्रतिस्पर्धा भइरहेको छ । बीबीसीका अनुसार निर्णायक मानिएको यी राज्यमा बाइडेन पछि छन् । ट्रम्पले यी राज्यमा आफ्नो प्रभुत्व जमाए बाइडेनको राष्ट्रपति बन्ने सपना तुहिने छ ।

अमेरिकी राष्ट्रपति इतिहासमा प्रत्येक आठ बर्षमा सत्ता परिवर्तन भएको देखिन्छ । सन् १९९० यता डेमोक्रेटिक र रिपब्लिकनले आलोपालो राष्ट्रपति पदमा कब्जा जमाएका छन् । सन् १९९३ र २००१ मा डेमोक्रेटिकका बिल क्लिन्टन राष्ट्रपति बनेका थिए । त्यसपछि रिपब्लिकनका जर्ज डब्लू बुसले सन् २००१ देखि २००९ सम्म कार्यभार सम्हाले । डेमोक्रेटिकका बाराक ओबामाले सन् २००८ देखि २०१६ सम्म दुईपटक राष्ट्रपति जिम्मेवारी सम्हाल्ने । सन् २०१६ मा ट्रम्पले डेमोक्रेटिकका हिलारी क्लिनटनलाई हराउँदै रिपब्लिकनको जग बसाले ।

डेमोक्रेटिकले केही बदमासी गरेको सुनेको छु : ट्रम्प
पछिल्लो नतिजा अनुसार ट्रम्प खुसी छन् । यद्यपि प्रारम्भिक चरणमा बाइडेन अगाडि रहँदा उनी अलि हतास देखिएका थिए । ट्रम्प भन्छन्, ‘हामी फेरि एक उचाईमा पुग्न लागेका छौँ तर निर्वाचनमा डेमोक्रेटिकले केही बदमासी गरेको सुनेको छु ।’

बाइडेनले आफ्नो पार्टी जिततर्फ अग्रसर भइरहेको जनाएका छन् । ‘हामी जिततर्फ अगाडि बढीरहेका छोँ, अबको केही समयपछि डेमोक्रेटिकको झन्डा बासिङटनमा गाँडिने छ,’ उनले भने ।

यता न्युयोर्क टाइम्सका अनुसार सिनेटमा अहिलेसम्म डेमोक्रेटिभलाई ४५ तथा रिपब्लिकनलाई ४४ सिट प्राप्त भएको छ । हाउस अफ रिप्रेजेन्टरमा डेमोक्रेटिकले ११८ तथा रिपब्लिकनले १४० सिटमा जित निकालेका छन् ।

सिएनएनले रिपब्लिकनको गढ मानिने एरिजोनामा डेमोक्र्याटले बाजी मारेको जनाएको छ । यस स्थानमा योपटक ट्रम्प कमजोर हु्नु नै ल्याटिन समूह मानिन्छ । ट्रम्पले चार बर्षमा एरिजोनाका जनतालाई सधै विरोधीका रुपमा सम्बोधन गरेका थिए । सन् २०१६ मा यस क्षेत्रमा ट्रम्पले ३६ प्रतिशत भोट पाएका थिए ।

न्युयोर्क टाइम्सले क्यार्लिफोर्निया, ओरेगन र वासिङटनमा दुई प्रतिस्पर्धीबीच कडा टक्कर चलिरहेको जनाएको छ । यसैगरी इलेक्टोरल अनुसार टेक्सास दोस्रो ठूलो राज्य हो । यहाँ ३८ इलेक्टोरल मत छ ।

प्रतिक्रिया