Bisal Chautari Logo

नोभेम्बर १० मा एप्पलको नयाँ म्याकबुक !

- १९ कार्तिक २०७७, बुधबार ०७:१३ मा प्रकाशित


एजेन्सी एप्पलले हालैमात्र सार्वजनिक गरेका आइफोन १२ सिरिज यो वर्ष सन २०२० का अन्तिम प्रडक्टहरु हुने ठानिएको थियो । तर एप्पलले थप नयाँ प्रडक्ट सार्वजनिक गरेर मात्र सन २०२० लाई बिट मार्ने भएको छ ।

एप्पलले यहीँ नोभेम्बर १० मा एक विशेष समारोहको घोषणा गरेको छ । पत्रकारहरुलाई प्रेषित गरिएको निमन्त्रणामा उक्त कार्यक्रमको शीर्षक ओने मोरे ठिङ अर्थात थप एक चिज रहेको उल्लेख छ । यसबाट पनि सो दिन एप्पलले आफ्नो एउटा नयाँ प्रडक्ट सार्वजनिक गर्ने निश्चित भएको छ ।

यद्यपि एप्पलले प्रेषित गरेको निमन्त्रणमा उसले सार्वजनिक गर्ने नयाँ प्रडक्टका बारेमा कुनैपनि जानकारी दीएको छैन ।तथापि एप्पलले यसअघि नै झलक प्रस्तुत गरेर हालसम्म लञ्च नगरेको एउटा प्रडक्ट नोभेम्बर १० मा सार्वजनिक हुने धेरैको अपेक्षा छ ।

गत जुन महिनामा आयोजित वर्ल्डवाइड डेभलपर कन्फ्रेन्सका क्रममा एप्पलले आफ्नै सिलिकन चिप्सको प्रयोग गरी म्याकबुक उत्पादन गरेर बजारमा ल्याउने घोषणा गरेको थियो ।

अहिलेसम्म एप्पलका म्याकबुकमा इन्टेल कम्पनीका चिप्स प्रयोग हुँदै आएका छन । गत जुन महिनामै एप्पलले यो वर्षको अन्त्यसम्ममा कम्पनीकै चिपयुक्त म्याकबुक बजारमा उपलब्ध हुने बताएकोले नोभेम्बर १० मा एप्प्लले म्याकबुककै नयाँ संस्करण सार्वजनिक गर्न लागेको अनुमान गरिएको छ ।

स्मरण रहोस एप्पलले आफ्नै चिप प्रयोग गरेर केही आइफोन र आइप्याण्डका संस्करण बजारमा ल्याइसकेको छ ।
यो वर्ष एप्पलले आफ्ना आफ्ना प्रयोगकर्ताका लागि प्रसस्तै नयाँ प्रडक्टहरु उपलब्ध गराएको छ ।

जसमा आइफोन १२ सिरिजका चार मोडेलका आइफोन, सस्तो मूल्यको आइफोन एस इ, एक म्याकबुक, दुई मोडेलका एप्पल वाच र ३ नयाँ मोडेलका आइप्याड रहेका छन । यी सँगै एप्पलले ठूलो संख्या सफ्टवेयर फिचर समेत थप गरेको छ

प्रतिक्रिया