Bisal Chautari Logo

‘बेबी सार्क’ले तोड्यो रेकर्ड

- १९ कार्तिक २०७७, बुधबार ०६:४६ मा प्रकाशित


सोल, २०७७ कार्तिक १९ बुधवार ।‘डेस्पासितो’ गीतले युट्युबमा तीन वर्षदेखि लगातार सबैभन्दा धेरै भ्युज पाइरहेकोमा सो रेकर्ड तोडिएको छ । हाल आएर बालगीत भिडिओ ‘बेबी सार्क’ले युट्युबमा सबैभन्दा बढी हेरिएको भिडियोमा नयाँ रेकर्ड कायम भएको छ ।

पप गायक लुइस फोन्सीको डेस्पासितो गीतको मंगलबारसम्म झन्डै ७ अर्ब ४ करोड भ्युज छ । जब कि बेबी सार्कले ७ अर्ब ५ करोड भ्युज पुर्‍याएको छ ।  यो गीतमा १० वर्ष पुगेका कोरियाली–अमेरिकी गायक होप सिजोइनले स्वर दिएका छन् ।

 

दक्षिण कोरियाली कम्पनी ‘पिंकफङ’ले रेकर्ड गराएको यो भिडियो सन् २०१६ जुन १८ मा पिंकफङ किड्स सङ एन्ड स्टोरिज् नामक युट्युब च्यानलबाट सार्वजनिक गरिएको थियो । यो बालगीत जम्मा १ मिनेट ४५ सेकेन्डको छ ।

पिंकफङ किड्स सङ एन्ड स्टोरिज युट्युब च्यानलका ४ करोड ३ लाख सब्स्क्राइबर छन् । यो बालगीत सन् १९७० तिर अमेरिकी समर क्याम्पहरूमा सिर्जना भएको मानिन्छ । —एजेन्सी

प्रतिक्रिया