Bisal Chautari Logo

सिङमा हरियो रंग लगाएका खसीबोका मात्रै खरिद गर्न महानगरको आग्रह

- २ कार्तिक २०७७, आईतवार ०८:१४ मा प्रकाशित


विशाल चौतारी समाचार
काठमाडौं,२०७७ कार्तिक २ आइतवार । 
सिङमा हरियो रंग लगाएका खसीबोका मात्रै खरिद गर्न काठमाडौं महानगरपालिकाले आग्रह गरेको छ।

महानगरअन्तर्गतको पशु सेवा विभागले दशैंका लागि ल्याएका खसीबोका तथा च्यांग्राको अनुगमन सुरु गरेको छ। आइतबार केही ठाउँमा अनुगमन गरिएको छ।

महानगरको पशु सेवा महाशाखाका प्रमुख डा. अवधेश झाका अनुसार चौपायाको स्वास्थ्य जाँचका लागि महानगरबाट तीन वटा टोली परिचालन हुने भएको छ। अनुगमनको क्रममा स्वास्थ्य स्वच्छ र गुणस्तरीय चौपायालाई ंिसङमा हरियो रंग लगाउन थालिएको छ।

त्यसैले हरियो रंग लगाएका चौपाय मात्र किन्न उनले उपभोक्तालाई आग्रह गरे। ‘संघ र प्रदेश सरकारसँग समन्वय गरेर तोकिएका ठाउँबाट स्वस्थ्य चौपाया बिक्री गर्ने गराउने हाम्रो दायित्व हो,’ उनले भने ।

माछा तथा मासुजन्य खाद्यबस्तु तथा दूध र डेरीजन्य खाद्यबस्तुको नमूना संकलन गर्ने, प्रयोगशालामा परीक्षण गरेर यसको स्वच्छता कायम गराउने काम बजार निरीक्षणका क्रममा हेर्ने उनले बताए।

हरेक बर्ष दशैंमा कलंकी खसी बजारबाट औसत ५० देखि ६० हजार चौपाया बिक्री हुने गरेको थियो ।तर,महामारीले कति मानिस उपत्यका उपत्यकामा छन् भन्ने बास्तविक तथ्याङक नभएकाले कति चौपाया विक्रि हुनेबारे व्यवसायीहरुले अनुमान लगाउन नसकेकोगुनासो गरेको महानगरीय पशु विभागको भनाई छ ।

काठमाडौं चौपाया खरिद बिक्री प्रालिले यसपटक दशैमा करिब ४० हजार चौपाया खपत हुने अनुमान गरेको छ। प्रालिका अध्यक्ष जनककुमार खड्काका अनुसार मुस्ताङमा च्याङ्ग्राको मूल्य जिउँदोमा प्रति किलो ७५० छ। यस पटक च्यांग्राको आयात कम भएकाले मूल्य बढ्ने उनको भनाइ छ।

काठमाडौंको सबैभन्दा ठूलो खसी बजार कलंकी हो। यो बजारमा स्टल लिएर व्यापार गर्ने २९ जना व्यापारी थिए। अहिले १६ जनाले व्यापार गरिरहेका छन् ।

त्यस्तै, टुकुचामा पनि खसी बजार छ। यसैगरी दशैका वेला काठमाडौंकै आकाशेधारा कपन, चाल्नाखेल, चन्द्रागिरी, भक्तपुरको लोकन्थली र सल्लाघारी, ललितपुरको लगनखेलमा पनि खसी बजार लाग्ने गरेको छ।

प्रतिक्रिया