Bisal Chautari Logo

कोरोनाबाट विश्‍वभर १ हजार १० नेपालीको मृत्यु, संक्रमितको संख्या १ लाख ७१ हजार नाघ्यो

- २ कार्तिक २०७७, आईतवार ०५:४७ मा प्रकाशित


विशाल चौतारी समाचार
काठमाडौं,२०७७ कार्तिक २ आइतवार । कोरोना विश्वव्यापी महामारीका कारण विश्भर एक हजार १० नेपालीको ज्यान गएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबारसम्म नेपालभित्र कोरोना संक्रमणका कारण ७२७ जनाको मृत्यु भएको छ।

गैरआवासीय नेपाली संघ ९एनआरएनए० ले हालसम्म नेपालबाहेकका १९ देशमा २८३ जना नेपालीको मृत्यु भएको जनाएको छ।

यो साता विदेशमा थप एकजना नेपालीको कोभिड(१९ बाट मृत्यु भएको हो। संघका अनुसार इजरायलमा थप एकजना नेपालीको कोरोना संक्रमणबाट मृत्यु भएको छ।

गैरआवासीय नेपाली संघको स्वास्थ्य समितिका संयोजक डा। सञ्जीव सापकोटाका अनुसार यो साता भारत, कतार, जापान, दक्षिण कोरिया, साइप्रसमा रहेका नेपालीहरूमा थप संक्रमण देखिएको छ।

संघअन्तर्गतको स्वास्थ्य समितिका अनुसार विदेशमा हिजो साँझसम्म ४२ देशका ४२ हजार १०० नेपाली कोरोना संक्रमित भएका छन्। तीमध्ये ३८ हजार ६४६ जना संक्रमणमुक्त भएका छन्। विदेशमा संक्रमित नेपालीमध्ये ९१ प्रतिशत निको भएको संघले जनाएको छ।

यस्तै नेपालमा मात्र एक लाख २९ हजार ३०४ जना कोरोना संक्रमित भएका छन् भने ती मध्ये ८९ हजार ८४० जना संक्रमणमुक्त भएका छन्। यो कुल संक्रमितको ६९ दशमलव ५ प्रतिशत हो।

नेपालसहित विश्वभर एक लाख ७१ हजार ४०४ जना नेपालीमा कोरोना संक्रमण देखिएको छ। ती मध्ये एक लाख २८ हजार ४८६ जना संक्रमणमुक्त भएका छन्। विश्वभर संक्रमित नेपालीमध्ये ७४ प्रतिशत संक्रमणमुक्त भएका छन्।

प्रतिक्रिया