Bisal Chautari Logo

‘ओरा आर १’ सबैभन्दा सस्तो बिजुली कार , नेपालमा यसको मुल्य कति ?

- १ कार्तिक २०७७, शनिबार १०:१३ मा प्रकाशित


एजेन्सि । चीनको अटोमोबाइल कम्पनी ग्रेटवाल मोटर्सले दिल्ली अटो सो २०२० मा सार्वजनिक गरेको ‘ओरा आर १’  बिजुली कार सबैभन्दा सस्तो भएको दाबी गरिएको छ ।

कम्पनीले त्यो कारको मूल्य चिनियाँ बजारमा ५९ हजार ८ सय युआन निर्धारण गरेको थियो । नवभारत टाइम्सका अनुसार कम्पनीले सोही मूल्यमा भारतीय बजारमा उतारे यसको मूल्य ६ लाख १५ हजार पर्नेछ।

कम्पनीका अनुसार यो कार फुल चार्जमा ३५१ किलोमिटर गुड्न सक्नेछ। ‘ओरा आर १’मा ३३ किलोवाट आवरको लिथियम आयोन ब्याट्री जडान गरिएको छ भने ३३ किलोवाटकै मोटर छ।

यसको टप स्पिड १०० किलोमिटर प्रतिघण्टा रहेको कम्पनीको दाबी छ।

यसमा ९.० इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम रहेको छ। त्यस्तै यसमा कनेक्टेड कार टेक्नोलोजी, टायर प्रेसर मोनिटोरिङ सिस्टम, रिवर्स पार्किङ सेन्सर र क्यासरा लगायतका फिचर्स छन्।

प्रतिक्रिया