Bisal Chautari Logo

गुल्मीकी कोरोना संक्रमित महिलाको बुटवलमा मृत्यु

- १ कार्तिक २०७७, शनिबार ०६:३६ मा प्रकाशित


विशाल चौतारी समाचार
बुटवल,२०७७ कार्तिक १ शनिवार । गुल्मीकी एक कोरोना संक्रमित महिलाको बुटवलमा मृत्यु भएको छ । रेसुंगा नगरपालिका–३ तम्घासकी ५३ वर्षीया महिलाको बुटवल धागो कारखानामा सञ्चालित कोरोना विशेष अस्पतालमा मृत्यु भएको हो ।

असोज ३० गते कोरोना संक्रमण पुष्टि भएपछि अस्पताल भर्ना भएकी उनको सोही दिन साँझ साढे ६ बजे को आईसीयूमा मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा। विष्णु गौतमले पुष्टि गरे ।

प्रतिक्रिया