Bisal Chautari Logo

विश्वभर काेराेनाबाट मृत्यु हुनेको संख्या ११ लाख नाघ्यो , संक्रमितकाे संख्या ४ कराेड नजिक

- ३० आश्विन २०७७, शुक्रबार ०७:३७ मा प्रकाशित


विशाल चौतारी समाचार
काठमाडाैं,२०७७ असोज ३० शुक्रवार ।विश्वमा कोरोनाभाइरस अर्थात् कोभिड-१९ बाट मृत्यु हुनेकाे संख्या ११ लाख नाघेकाे छ । विभिन्न तथ्याङ्क निकाल्ने संस्था वर्ल्डो मिटर्स डट इन्फोका अनुसार शुक्रबार बिहानसम्म काेराेनाभाइरसका कारण मृत्यु हुनेकाे संख्या ११ लाख २ हजार ८४४ पुगेकाे छ ।

विश्वमा कोरोनाबाट संक्रमित हुनेकाे संख्या भने चार काराेड नजिक पुगेकाे छ । अहिलेसम्म ३ कराेड ९१ लाख ५८ हजार २०९ पुगेकाे वर्ल्डो मिटर्सले जनाएकाे छ । कुल सङ्क्रमितमध्ये दुई कराेड ९३ लाख ७६ हजार बढी उपचारपछि घर फर्किएका छन् ।

पछिल्लाे २४ घण्टामा मात्रै विश्वभर ३ लाख ९८ हजार बढी नयाँ संक्रमित भेटिएका छन् भने ६ हजार १ सय १० जनाकाे मृत्यु भएकाे छ । त्यस्तै २ लाख ५० हजार डिस्चार्ज भएका छन् ।

कुन देशकाे अवस्था कस्ताे ?

अमेरिका

कोरोनाको उद्गम स्थल चीन भए तापनि कोरोना संक्रमणबाट सबैभन्दा बढी मृत्यु हुनेमा अमेरिका पर्छ । अहिलेसम्म अमेरिकामा २ लाख २२ हजार ७१७ जनाको मृत्यु भइसकेको छ । संक्रमितकाे संख्या भने ८२ लाख १६ हजार ३१५ पुगेकाे छ ।

संक्रमितमध्ये ५३ लाख २० हजार १३९ जना भने पूर्णरूपमा निको भइसकेका छन् । अहिले त्यहाँ २६ लाख ७३ हजार बढीमा कोरोनाको सक्रिय रहेको छ । संक्रमितमध्ये १५ हजार बढीकाे अवस्था गम्भीर रहेको छ ।

भारत

छिमेकी मुलुक भारत अहिले एसियाकै महामारी केन्द्र बनिरहेकाे छ । एसियाली देशहरूमा सबैभन्दा बढी काेराेना भाइरसक संक्रमितहरू भारतमै फेला परेका छन् । अमेरिकापछि सबैभन्दा बढी संक्रमित हुनेमा भारत पर्छ । भारतमा पछिल्लाे समय दैनिक संक्रमित संख्या र मृत्यु संख्या झन् बढ्दै गएकाे छ ।

अहिलेसम्म भारतमा ७३ लाख ६५ हजार बढी संक्रमित भएका छन् । काेराेनाका कारण १ लाख १२ हजार १४६ जनाकाे ज्यान गएकाे छ । संक्रमितमध्ये ६४ लाख ४८ हजार बढी पूर्ण रूपमा निकाे भएका छन् । अहिले त्यहाँ ८ लाख ४ हजार बढीमा काेराेना सक्रिय रहेकाे छ ।

ब्राजिल

अमेरिका र भारतपछि सबैभन्दा बढी संक्रमित हुनेमा ब्राजिल पर्छ । अहिलेसम्म त्यहाँ काेराेनाबाट संक्रमित हुनेकाे संख्या ५१ लाख ७० हजार ९९५ पुगेकाे छ भने काेराेनाका कारण मृत्यु हुेकाे संख्या १ लाख ५२ हजार ५१३ पुगेकाे छ ।

संक्रमितमध्ये ४५ लाख ९९ हजार पूर्णरूपमा निकाे भएका छन् । अहिले त्यहाँ ४ लाख १९ हजार बढीकाे काेराेना सक्रिय रहेकाे छ । तीमध्ये ८ हजार ३१८ काे अवस्था गम्भीर रहेकाे छ ।

रूस

रूस अहिलेसम्म १३ लाख ५४ हजार १५३ मानिस काेराेनाबाट संक्रमित भएका छन् । काेराेनाका कारण मृत्यु हुनेकाे संख्या भने २३ हजार ४९१ पुगेकाे छ ।

संक्रमितमध्ये १० लाख ४८ हजार बढी पूर्णरूपमा निकाे भएका छन् । अहिले त्यहाँ २ लाख ८२ हजार बढीमा काेराेना संक्रिय रहेकाे छ । तीमध्ये २३ सयकाे अवस्था गम्भीर रहेकाे छ ।

अरू तालिकामा हेर्नुहाेस्

प्रतिक्रिया