Bisal Chautari Logo

सलमान खानले तिरे पूर्व कलाकार फराज खानको उपचार खर्च

- ३० आश्विन २०७७, शुक्रबार ०५:२६ मा प्रकाशित


भारत,
२०७७ असोज ३० शुक्रवार । बलिउड अभिनेता सलमान खानले कोरोना महामारीका बिच आर्थिक अवस्था कमजोर भएका बिरामीको उपचारमा सहयोग गर्दै आएका छन् । यसै बिच उनले उपचारार्थ एक कलाकारको उपचारमा सहयोग पुर्‍याएका छन् । उनले बलिउडका पूर्व कलाकार फराज खानको उपचारमा सहयोग गरेका हुन् ।

बेंगलुरुको एक अस्पतालमा उपचाररत फराज यस क्रममा सलमानले बलिउडका पूर्व कलाकार फराज खानको उपचारमा सहयोग गरेका छन् । फराज बेंगलुरुको एक अस्पतालमा उपचाररत छन् । उनको अवस्था गम्भीर छ । आर्थिक अवस्था कमजोर भएका फराजलाई ब्रेन इनफेक्शन र निमोनिया भएको छ । एक वर्षदेखि विरामी परेका फराजको पछिल्लो समय स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको छ ।

यसबारे कलाकार कश्मीरा शाहले इंस्टाग्राममार्फत सलमानले फराजको सबै उपचार खर्च तिरिदिएको जानकारी दिएकी छिन् । सलमानले अरू बिरामीजस्तै फराजलाई सहयोग गरेको भन्दै कश्मीराले धन्यवाद पनि दिएकी छिन् । उनको उपचारका लागि पूजा भट्टले अभियान नै चलाएकी छन् । फराज बलिउडका दिग्गज अभिनेता यूसुफ खानका छोरा हुन् ।

प्रतिक्रिया