Bisal Chautari Logo

आज काठमाडौं उपत्यकामा थपिए १४०३ कोरोना संक्रमित

- २८ आश्विन २०७७, बुधबार १०:४४ मा प्रकाशित


विशाल चौतारी समाचार
काठमाडौ,२०७७ असोज २८ बुधवार । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप १४०३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ९९६, भक्तपुरमा १०२ र ललितपुरमा ३०५ गरी जम्मा १४०३ जना संक्रमित थपिएका छन् ।

यसअघि मंगलबार (हिजो) काठमाडौंमा १७४६, भक्तपुरमा १६७ र ललितपुरमा २१६ गरी जम्मा २१२९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो ।

 

प्रतिक्रिया