Bisal Chautari Logo

विदेश लाने ‘मेनपावर’ कम्पनी पीडित युवायुवतीको साथ पाउँदै सिनेमा ‘तोरी लाहुरे’

- २६ फाल्गुन २०७०, सोमबार १८:२८ मा प्रकाशित


tori-lahure
ब्रेकर : चलचित्र ‘तोरी लाहुरे’ले विदेश जाने युवायुवतीहरुलाई मेनपावर कम्पनिले फसाउदा ति युवायुवतीहरुलाई परिआएको परिणामहरुले दिने सकारात्मक नकारात्मक पक्षलाई उठाएको छ ।
गोपि कृष्ण हलमा चलचित्र ‘तोरी लाहुरे’ हेरेका अहिले बानेश्वर बस्ने खोटाङका विनोद राईले आफुलाई पनि मेनपावर कम्पनिले चलचित्रमा जस्तै फसाएको बताए । उनले मेनपावर कम्पनीले फसाएका दिनहरुलाई सम्झदै भने–‘सोही मेनपावर कम्पनीले फसाउदा मैले साहुबाट लिएको रिणले गर्दा केहि घरबारी बेच्नु परेको थियो ।’
विशाल राई
काठमाडौं, २६ फागुन ।
सिनेमाका लागी दर्शकहरु भगवान् मात्र होइन, भाग्य विधाताको रुपमा पनि लिइन्छ । यहि रुप गत शुक्रवारबाट रिलिजमा आएको चलचित्र ‘तोरी लाहुरे’मा देखिएको छ । चलचित्र प्रर्दशन भएको पहिलो दिन जति दर्शकहरु हलमा पुगेर सिनेमा हेरे सबैले राम्रो सिनेमा बनेको बताए । चलचित्र प्रर्दशन भएको दोस्रो दिनमा सिनेमा हेर्न चलचित्र पत्रकारहरुलाई बोलाइएपनि खासै उपस्थित भएका थिएनन् । त्यसैले चलचित्र ‘तोरी लाहुरे’ले सोचे अनुरुपले मिडियाको साथ पाएको थिएन । तर चलचित्र ‘तोरी लाहुरे’लाई साथ दिने दर्शकहरु अगाडी निस्किए । सोही कारण चलचित्रलाई अहिले प्रर्दशनमा आएका ३ हिन्दी सिनेमा र दुई नेपाली सिनेमाले कुनै असर नपारेको चलचित्र युनिटले बताएका छन् । सोही अनुसार हल वालाहरुले पनि चलचित्र हेर्न आउने दर्शकहरुको चाप दिनानु दिन बढिरहेको बताएका छन् ।
गत शुक्रवारबाट रिलिजमा आएको चलचित्र ‘तोरी लाहुरे’ अल नेपाल करिव ५५ वटा पर्दामा प्रर्दशन भइरहेको छ । उपत्यकाका गोपि कृष्ण, गंगा, अष्ट नारायण, विश्वज्योति, पुष्पाञ्जली लगायत गरि करिव २० हलमा प्रर्दशन भइरहेको चलचित्र ‘तोरी लाहुरे’लाई दर्शकहरुले आफ्नै कथामा चलचित्र बनेको बताएका छन् । चलचित्र ‘तोरी लाहुरे’ले विदेश जाने युवायुवतीहरुलाई मेनपावर कम्पनिले फसाउदा ति युवायुवतीहरुलाई परिआएको परिणामहरुले दिने सकारात्मक नकारात्मक पक्षलाई उठाएको छ । गोपि कृष्ण हलमा चलचित्र हेर्न आउने केही दर्शकहरुसंगको कुराकानिमा उनिहरुले चलचित्रमा उठाएको विषयबस्तु आफ्नै कथापनि समेटिएको बताए । चलचित्र ‘तोरी लाहुरे’ हेरेका अहिले बानेश्वर बस्ने खोटाङका विनोद राईले आफुलाई पनि मेनपावर कम्पनिले चलचित्रमा जस्तै फसाएको बताए । उनले मेनपावर कम्पनीले फसाएका दिनहरुलाई सम्झदै भने–‘सोही मेनपावर कम्पनीले फसाउदा मैले साहुबाट लिएको रिणले गर्दा केहि घरबारी बेच्नु परेको थियो ।’ यस्तै विदेश जानका लागी काठमाडौ आएका भोजपुरका रमेश विश्वकर्माले चलचित्र हेरिसकेपनि उनले विदेश नजाने निधो गरेको बताए । चलचित्र ‘तोरी लाहुरे’ हेरेपनि आफुलाई गाउमै गएर केही खेति गर्ने जागर चलेको बताए ।
चलचित्र ‘तोरी लाहुरे’ले युवा दर्शकहरुबाट समिक्षा बटुलेपनि यसका निर्माता र कलाकार टिम अहिले मख्ख परेका रहेका छन् । चलचित्र ‘तोरी लाहुरे’का एक अभिनेता रोहित रुम्बाका अनुसारपनि चलचित्र हेरेर निश्कने प्राय सबै दर्शकहरुले सबैभन्दा ठुलो कुरा चलचित्र मनपराएको बताए । यस्तै चलचित्रका निर्देशक एनवी महर्जनले बताए अनुसार चलचित्रको पव्लिसिटि दर्शकले गरेपछि सिनेमा हेर्न आउने दर्शकहरु बढेको बताए । निर्देशक मर्हजनका अनुसार चलचित्रले अब भने दर्शक बटुल्ने र अर्को साताबाट सिनेमाले पिकअप लिनेपनि बताए । त्यस्तै अर्का अभिनेता गजित विष्टका अनुसार चलचित्र ‘तोरी लाहुर’मा दर्शकले आफूलाई आफ्नो चरित्रमा पाउने बताए ।
यस्तै केही फिल्मी अनलाइनहरुलेपनि चलचित्र ‘तोरी लाहुरे’को दर्शक संख्या यस वर्षको ब्लकबस्टर चलचित्र ‘६ एकान ६’पनि रहेको बताएका छन् । ‘रिलिज अगाडि ‘हाइप’ नभई लागेका चलचित्रका लागि त्यसको ‘कन्टेन्ट वर्ड अफ माउथ’ को बलियो सूत्रधार हो । साना तथा अलग धारका चलचित्रका लागि यस्तो फर्मूला विश्वमै चचिर्त छ । नेपालमा चलचित्र ‘तोरी लाहुरे’लाई यो फर्मुलाले छोएको छ ।’
चलचित्र ‘तोरी लाहुरे’लाई प्राप्त दर्शकीय प्रतिक्रयामा ‘तोरी लाहुरे’ ६ एकान ६ पछि सिंगल स्क्रिनमा राम्रो समीक्षात्मक साथ पाउने चलचित्र भएको छ । चलचित्र ‘तोरी लाहुरे’ले ३ हिन्दी सिनेमा र दुइ नेपाली सिनेमाले गर्दा मल्टिप्लेक्स हल पाउन नसकेपनि तोरी लाहुरेले गोपि कृष्ण, गंगा, अष्ट नारायण, विश्वज्योति, पुष्पाञ्जली लगायत गरि करिव २० हलमा आफ्नै वर्गका दर्शकलाई आकषिर्त बनाएर तारिफ बटुल्न सफल भएको छ ।
चलचित्र ‘तोरी लाहुरेमा रोहित रुम्बा, सुवास थापा, गजित विष्ट, समुना केसी, अशिष्मा नकर्मी, र दिनेश डीसी लगायतको अभिनय रहेको छ । चलचित्रलाई निर्देशक एनबी महर्जनले निर्देशन गरेका छन् ।

add

प्रतिक्रिया