Bisal Chautari Logo

भारतमा कोरोना अपडेट : पछिल्लो २४ घण्टामा मात्रै ७३० जनाको मृत्यु

- २८ आश्विन २०७७, बुधबार ०४:५० मा प्रकाशित


विशाल चौतारी समाचार
काठमाडौ,२०७७ असोज २८ बुधवार । छिमेकी मुलुक भारतमा कोरोनाको संक्रमण तिब्र गतिमा बढीरहेको भएपनि केहि दिन यता भने अलिकति घटेको देखिएको छ ।भारतीय स्वास्थ्य मन्त्रालयले दिएको पछिल्लो अपडेट अनुसार २४ घण्टामा कोरोनाबाट ७३० जनाको मृत्यु भएको छ ।

भारतमा अहिले कुल मृत्यु हुनेको संख्या एक लाख नाघेको छ । भारतमा अहिलेसम्म मृत्यु हुनेको संख्या एक लाख १० हजार ५८६ पुगेको छ ।त्यस्तै पछिल्लो २४ घण्टामा ६३ हजार ५०९ जना संक्रमित पुष्टि भएको छ ।

योसँगै भारतमा अहिलेसम्म कोरोना संक्रमितको संख्या ७२ लाख नाघेको छ । भारतमा कुल संक्रमित ७२ लाख ३९ हजार ३९० पुगेको छ ।भारत अहिले धेरै संक्रमित हुने देशको सुचीमा अमेरिकापछि दोस्रो स्थानमा रहेको छ ।

त्यस्तै भारतमा अहिलेसम्म ६३ लाख १ हजार ९२८ जना ठिक भएका छन् । त्यस्तै ८ लाख २६ हजार ८७६ कोरोना संक्रमित विरामी उपचारत रहेका छन् ।त्यस्तै भारतमा अहिलेसम्म कुल ९ करोड ९० हजार १२२ नमुना परिक्षण गरिएको छ । जसमा पछिल्लो २४ घण्टामा ११ लाख ४५ हजार १५ नमुना परिक्षण गरिएको इण्डियन काउन्सिल अफ मेडिकल रिसर्चले जानकारी दिएको छ ।

प्रतिक्रिया