Bisal Chautari Logo

बुद्ध एयर आजबाट २४ औँ वर्षमा प्रवेश

- २५ आश्विन २०७७, आईतवार ०७:४१ मा प्रकाशित


विशाल चौतारी समाचार
काठमाडौ,२०७७ असोज  २५ आइतवार । नेपालको निजि विमानसेवा कम्पनी बुद्ध एयर २४ औँ वर्षमा प्रवेश गरेको छ । अमेरिकाबाट ब्राण्ड न्यू जहाज बीचक्राफ्ट १९०० डी भित्र्याई सन् १९९७ अक्टोबर ११ मा बुद्धले नेपाली आकाशमा पहिलो उडान गरेको थियो ।

हालसम्म बुद्ध एयरसँग १३ वटा जहाजमार्फत लाखौँ स्वदेशी एवं विदेशी यात्रुलाई सेवा दिइसकेको प्रबन्ध निर्देशक वीरेन्द्रबहादुर बस्‍नेतले जानकारी दिए ।

प्रबन्ध निर्देशक बस्‍नेतले विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरसले हरेक क्षेत्रलाई नराम्ररी प्रभावित गरेको बताए कम्पनीले कोडिभ १९ बाट प्रभावित नेपालको पर्यटन क्षेत्रलाई चलायमान बनाउन आन्तरिक टूर प्याकेज ल्याएको समेत बताएका छन् ।

त्यस्तै कम्पनीले कोरोनाबाट प्रभावित नेपालको पर्यटन क्षेत्रलाई चलायमान बनाउन आन्तरिक टूर प्याकेज ल्याएको उनले बताए ।
साथै बन्दाबन्दीको अवधीमा समेत एक जना कर्मचारीको समेत कटौती नगरिएको उनले जानकारी दिएका छन् ।

कोभिडपछि २१ सेप्टेम्बरबाट उडान सञ्चालन हुने भएपछि कम्पनीले भाडादरमा ठूलो कटौती गरी सेवा प्रदान गरिरहेको कम्पनीको दाबी रहेको छ ।कोरोना पछिको पर्यटनलाई प्रवद्धन गर्न बुद्धले महत्वपूर्ण भूमिका खेलेको बताउँदै उनले यसलाई सुरक्षित र संक्रमणरहित तरिकाले पर्यटकीय गतिविधि सञ्चालन गर्नसकेको खण्डमा विदेशी पर्यटकलाई पनि आत्मवल पुग्ने बुद्धले जनाएको छ ।

बन्दाबन्दीको केही दिनमै संक्रमणरहित र सुरक्षित हवाई सेवा कसरी सञ्चालन गर्ने भनेर ‘सुरक्षा निर्देशिका’ ल्याएको र जुन नेपालमै कोभिड विरुद्धका पहिलो निर्देशिका रहेको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया