Bisal Chautari Logo

फेरि बढ्यो सुनको मुल्य , कति छ आज ?

- २५ आश्विन २०७७, आईतवार ०५:५७ मा प्रकाशित


नेपाली बजारमा आज सुनको भाउ बढेको छ । आज सुन ८ सय रुपैयाँले बढेको हो । सुन आज ९५ हजार ६०० मा कारोबार भइरहेको छ ।

गत साताको पहिलो दिन आइतबार प्रतितोला २ सय रुपैयाँले बढेको सुन सोमबार ४ सयले घटेको थियो । मंगलबार सुन एकै दिन ८ सयले बढेको थियो । बुधबार ८ सयले नै घटेको सुन विहिबार भने प्रतितोला ९३ हजार ९०० मा कारोबार भएको थियो । शुक्रबार ९ सयले बढ्दै ९४ हजार ८ सयमा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाए अनुसार आज छापावाल सुन ९५ हजार ६०० र तेजाबी सुनको आजको मूल्य ९५ हजार १ सय कायम गरिएको छ ।

यता चाँदीको भाउ पनि आज बढेको छ । आज चाँदी ४० रुपैयाँले बढ्दै १ हजार २३५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

प्रतिक्रिया