Bisal Chautari Logo

कोरोना संक्रमणका कारण विदेशमा थप १७ नेपालीको निधन

- २५ आश्विन २०७७, आईतवार ०५:०९ मा प्रकाशित


विशाल चौतारी समाचार
काठमाडौ,२०७७ असोज  २५ आइतवार । कोरोना संक्रमणबाट विदेशमा थप १७ जना नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली संघका अनुसार शनिबार साँझसम्म साउदी अरबमा १६ र युएईमा एकजनाको कोरोना संक्रमणबाट निधन भएको हो ।

गैरआवासीय नेपाली संघको स्वास्थ्य समितिका संयोजक डा. संजीव सापकोटाले ९ महिनामा नेपाल बाहेक १८ देशका दुई सय ८१ जना नेपालीको कोरोना संक्रमणका कारण निधन भएको जानकारी दिए । संघका अनुसार यो साता बेल्जियम, स्पेन, नेदरल्याण्ड, भारत, ओमान, कतार र साउदी अरबमा रहेका नेपालीहरुमा थप कोरोना संक्रमण देखिएको छ।

समितिका अनुसार विदेशमा शनिबार साँझसम्म ४२ देशका ४० हजार सात सय ३५ नेपाली कोरोना संक्रमित भएका र त्यसमध्ये ३६ हजार ६ सय ७३ जना नेपालीहरु भने निको भइसकेका छन् । संक्रमित निको हुने प्रतिशत ८९ रहेको संघले जनाएको छ ।

प्रतिक्रिया