Bisal Chautari Logo

हेटौँडा सिमेन्टले माग्यो ३८ हजार कामदार

- २५ आश्विन २०७७, आईतवार ०५:०५ मा प्रकाशित


विशाल चौतारी समाचार
काठमाडौ,२०७७ असोज  २५ आइतवार । हेटौँडा सिमेन्टले करिब ३८ हजार कामदारको माग गरेको छ । आइतबार एक सूचना जारी गर्दै हेटौंडा सिमेन्टले ३८ हजार ६ सय ९५ जना कामदारको माग गरेको हो । यसमध्ये २ हजार ९ सय २० जना दक्ष र ३५ हजार ५ सय ७५ जना अदक्ष कामदार आवश्यक भएको हेटौँडा सिमेन्टद्वारा जारी गरिएको सूचनामा उल्लेख गरिएको छ ।

सो कामदारको आपूर्ति आउटसोर्सिङ मार्फत् गर्ने भन्दै यसका लागि ३० दिनको अवधिभित्र इच्छुक आपूर्तिकर्तालाई बोलपत्र पेश गर्न आह्वान समेत गरेको छ ।एकैपटक कसरी ३८ हजार कामदार ?

सूचनामा उल्लेख भए पनि हेटौँडा सिमेन्टले एकैपटक ३८ हजार जना कामदारको माग गरेको चाहिँ होइन । एक वर्षभित्र ३८ हजार कार्यदिनका लागि काम गर्ने कामदारको आपूर्ति गर्न लागेको हो । जसका लागि ५०÷६० जना कामदार पर्याप्त रहेको सिमेन्टका महाप्रबन्धक प्रेमशंकर सिंहले बताए ।

प्रतिक्रिया