Bisal Chautari Logo

लकडाउनपछि हलमा पहिलो पटक रिलिज हुँदै मोदीको फिल्म

- २५ आश्विन २०७७, आईतवार ०४:५८ मा प्रकाशित


एजेन्सी । भारतमा कोरोना महामारीका कारण सिनेमा हलहरु बन्द छन् ।

अब भने १५ अक्टोबरबाट हलहरु खुल्ने भएका छन् । जसमा लकडाउनपछि सिनेमाघरमा पहिलोपटक भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जीवनमा आधारित फिल्म ‘पीएम नरेन्द्र मोदी’  रिलिज हुने भएको छ ।गतवर्ष नै रिलिज भइसकेको यो फिल्म एकपटक पुनः रिलिज हुन लागेको हो ।

अक्टोबर १५ का दिन भारतीय चलचित्र घरमा यो फिल्म पुनः देखाइनेछ । यसका लागि निर्माताले पुनः पोस्टर समेत सार्वजनिक गरिसकेका छन् ।पीएम नरेन्द्र मोदी नामक चलचित्रमा विवेक ओबेरायले मोदीको भूमिका निर्वाह गरेका छन् । फिल्ममा मोदीको जीवन यात्रा वर्णन गरिएको छ ।

फिल्म गत वर्षको मे २४ मा रिलिज भएको थियो । फिल्मले त्यती राम्रो प्रतिक्रिया पाएको थिएन । फिल्मलाई ओमंग कुमारले निर्देशन गरेका छन् । बाल्यकालदेखि प्रधानमन्त्री बन्नेसम्मको यात्रा भएकाले विवेक ओबरायलाई फिल्ममा फरक फरक नौ भूमिकामा देख्न सकिनेछ ।

प्रतिक्रिया