Bisal Chautari Logo

भारतमा कोरोना अपडेट : पछिल्लो २४ घण्टामा ९२६ जनाको मृत्यु

- २४ आश्विन २०७७, शनिबार ०५:१५ मा प्रकाशित


विशाल चौतारी समाचार
काठमाडौ,२०७७ असोज २४ शनिवार ।
 छिमेकी मुलुक भारतमा कोरोनाको संक्रमण तिब्र गतिमा बढीरहेको भएपनि केहि दिन यता भने अलिकति घटेको देखिएको छ ।भारतीय स्वास्थ्य मन्त्रालयले दिएको पछिल्लो अपडेट अनुसार २४ घण्टामा कोरोनाबाट ९२६ जनाको मृत्यु भएको छ ।भारतमा अहिले कुल मृत्यु हुनेको संख्या एक लाख नाघेको छ । भारतमा अहिलेसम्म मृत्यु हुनेको संख्या एक लाख ७ हजार ४१६ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा ७३ हजार २७२ जना संक्रमित पुष्टि भएको छ । योसँगै भारतमा अहिलेसम्म कोरोना संक्रमितको संख्या ६९ लाख नाघेको छ । भारतमा कुल संक्रमित ६९ लाख ७९ हजार ४२४ पुगेको छ ।भारत अहिले धेरै संक्रमित हुने देशको सुचीमा अमेरिकापछि दोस्रो स्थानमा रहेको छ ।

त्यस्तै भारतमा अहिलेसम्म ५९ लाख ८८ हजार ८२३ जना ठिक भएका छन् । त्यस्तै ८ लाख ८३ हजार १८५ कोरोना संक्रमित विरामी उपचारत रहेका छन् ।त्यस्तै भारतमा अहिलेसम्म कुल ८ करोड ५७ लाख ९८ हजार ६९८ नमुना परिक्षण गरिएको छ । जसमा पछिल्लो २४ घण्टामा ११ लाख ६४ हजार १८ नमुना परिक्षण गरिएको इण्डियन काउन्सिल अफ मेडिकल रिसर्चले जानकारी दिएको छ ।

प्रतिक्रिया