Bisal Chautari Logo

आउदो मंगलबार सार्वजनिक हुँदै आइफोन १२

- २४ आश्विन २०७७, शनिबार ०४:५० मा प्रकाशित


विशाल चौतारी समाचार
काठमाडौ,२०७७ असोज २४ शनिवार ।
एप्पलले आइफोन १२ अक्टोबर १३ अर्थात आगामी मंगलबार सार्वजनिक गर्ने भएको छ । यस ईभेन्टमा आइफोन लगायत अरु पनि थुप्रै कुराहरु पनि प्रस्तुत गरिनेछ ।

रिपोर्टको अनुसार आइफोन १२ प्रो को दुइवटा र आइफोन १२ को दुई ओटा भर्सन हेर्न पाइने छ । कम्पनीले यस पल्ट आइफोनको भौतिक स्वरुपमा पनि केही बदलाब ल्याउने भएको छ ।

आइफोन १२ ५.४ इन्चको हुने छ । यो भनेको आइफोन एसई जत्रो आकारको हो । आइफोन १२ प्रो भने कम्पनी कै एकदमै ठूलो स्क्रीन भएको ६.७ इन्च डिस्प्ले हुनेछ ।

यो  आइफोनले ५ जी पनि सपोर्ट गर्ने छ । कम्पनीले २०२० को अन्त्य तिर इन्टेलको सट्टा एआरएम प्रोसेसर भएको म्याक पनि ल्याउने बताइएको छ । 

प्रतिक्रिया