Bisal Chautari Logo

पल, दुर्गेश, एलिजा र सुधिरको ‘किन यस्तो भो’ म्युजिक भिडियो सार्वजनिक (भिडियो सहित)

- २३ आश्विन २०७७, शुक्रबार ११:५० मा प्रकाशित


विशाल चौतारी समाचार
काठमाडौ,२०७७ असोज २३ शुक्रवार । पछिल्लो समय चलचित्रमा मात्रै होइन म्युजिक भिडियोमा पनि मल्टिस्टार सेलिव्रेटि देखिन थालेका छन् । यस्तै क्रममा गायक तथा निर्देशक सरोज वलीले मल्टिस्टार कलाकार तथा सेलिव्रेटिलाई आफ्नो म्युजिक भिडियोमा समावेश गरेका छन् ।
दुर्गेश थापा, डेविड शंकर, बेनिशा पौडेलको स्वरमा रहेको ‘किन यस्तो भो’ बोलको गीत आज सार्वजनिक भएको छ । डान्सिङ्ग नम्बरको गीतमा अभिनेता पल शाह, दुर्गेश थापा, एलिजा गौतम, सुधिर श्रेष्ठ, हरी खड्का, ऋषि धमला लगायत फिचर्ड छन् ।

गीत हेर्नुस् :-

सरोज वलीको शब्द रहेको गीतमा दिपक शर्माको संगीत रहेको छ । श्यामस्वेत रसाईलीको एरेन्ज छ । नवराज उप्रेतीले खिचेको भिडियोलाई भुपेन्द्र अधिकारीले सम्पादन गरेका छन् । सुनिल क्षेत्रीले कोरियोग्राफी गरेको म्युजिक भिडियोलाई सरोज वलीले निर्देशन गरेका हुन् ।

Bisalchautari TV

प्रतिक्रिया