Bisal Chautari Logo

आफ्ना ग्राहकलाई पासवर्ड रिसेट गर्न इसेवाको आग्रह

- २३ आश्विन २०७७, शुक्रबार ०५:३० मा प्रकाशित


अनलाइन पेमेन्ट गेटवे कम्पनी इसेवाले आफ्ना ग्राहकलाई पासवर्ड रिसेट गर्न आग्रह गरेको छ।

इन्टरनेटको दुनियाँमा समान र अनुमानयोग्य पासवर्डका कारण दुरुपयोग हुनसक्ने खतरा भएको भन्दै कम्पनीले पासवर्ड रिसेट गर्न आग्रह गरेको हो।

समाजिक सञ्जालमा इसेवा ह्याक भएर खाता विवरण लिक भएको हल्ला चलिरहेको बेला यो कुरामा कुनै सत्यतता नभएको कम्पनीका प्रमुख कार्यकारी सुवास सापकोटाले जानकारी दिए।

‘अहिले चलेको हल्ला सत्य होइन। हाम्रो सिस्टमबाट कुनै पनि पासवर्ड ‘प्लेन टेक्स्ट’मा कपी गर्नै सकिंदैन। यो ‘इन्क्रिपटेड’ हुन्छ। त्यसैले ह्याक भएर विवरण चुहावट भएको हल्ला मात्र हो’ सापकोटाले भने।

ह्याक भएको हल्ला भएपनि कम्पनीले त्यो हल्ला आउनुअघि नै ग्राहकहरुलाई पासवर्ड रिसेट गर्न आग्रह गरेको उनले बताए।

प्रतिक्रिया