Bisal Chautari Logo

कर्मचारीमा कोरोना पुष्टि भएपछि एन्फाको कार्यालय तीन दिनका लागि बन्द

- २२ आश्विन २०७७, बिहीबार ०७:०४ मा प्रकाशित


काठमाण्डाै – अखिल नेपाल फुटबल सङ्घ एन्फाको कार्यालय तीन दिनका लागि बन्द गरिएको छ ।

केही कर्मचारीमा कोरोना पुष्टि भएपछि आजदेखि ललितपुर सातदोबाटोमा रहेको कार्यालय तीन दिनका लागि बन्द गरिएको एन्फाले जनाएको छ । कार्यालय ७२ घण्टासम्म नि-सङ्क्रमण गर्न लागिएको एन्फाले निकालेको सूचनामा उल्लेख छ ।

सङ्क्रमितको सम्पर्कमा आएका कर्मचारीलाई एक हप्ता होम क्वरेण्टीनमा बस्न भनिएको छ ।

प्रतिक्रिया