Bisal Chautari Logo

विश्व नारी हिंसा विरुद्धमा आवाज उठाउदै नाफामा पेन्टिङ प्रर्दशनी सुरु

- २७ फाल्गुन २०७०, मंगलवार १८:४० मा प्रकाशित


International women’s day art exhibition in nepal
विशाल चौतारी समाचार
काठमाडौं, २७ फागुन ।
विश्व नारी दिवसको उपलक्ष्यमा मंगलबारबाट नेपाल एकेडेमि (नाफ)मा पेन्टिङ प्रर्दशनी सुरु भएको छ । मंगलवार नाफामा औपचारीक कार्यक्रमपछि पेन्टिङ प्रर्दशनी सुरु भएको छ । पेन्टिङ प्रर्दशनी भन्दा अगाडी भएको एक औपचारीक कार्यक्रममा प्रर्दशनीका बारेमा सानो बहस तथा जानकारी मुलक कार्यक्रमको आयोजना गरिएको थियो । सो औपचारीक कार्यक्रमपछी नाफाका कुलपती किरण मानन्धर, गृह मन्त्रालयका सहसचिव शंकर कोइराला, युएनडिपीका सहायक राष्ट्रिय निर्देशक डेनिश करीले प्रर्दशनीको रिवन काटेर उद्घाटन गरेका थिए ।
हिजोबाट सुरु भएको पेन्टिङ प्रर्दशनीमा ३० वटा पेन्टिङहरु प्रर्दशनमा राखिएको छ । प्रर्दशनीमा राखिएका पेन्टिङहरु नेपालका चर्चित कलाकारका देखी विद्यार्थीहरुका प्रतिभालाई समेत समेटिएको छ । ३० जना कलाकारहरुको पेन्टिङ सबै एक्रेलीक कलरमा रहेको छ । पेन्टिङ प्रर्दशनीमा ५ जना सिनियर कलाकारहरु र अन्य पेन्टिङ विद्यार्थीहरुको पेन्टिङ समेटिएको चित्रकार रमेश खनालले बताए । त्यस्तै अर्का चित्रकार सुस्मा राजभण्डारीका अनुसार प्राय सबै पेन्टिङहरुमा नारीको विषयमा रहेको बताइन् । महिला दिवसको उपलक्ष्यमा आयोजना गरिएको पेन्टिङ भएकालेपनि पेन्टिङमा सो विषयलाई उतारीएको बताइन् । भनिन्–‘एउटा महिलालाई अध्यारोमा राख्यो भने गुपचुप हुन्छ, तर त्यहि महिललाई एउटा उज्यालो दुनियामा ल्याए महिलालेपनि जस्तोसुकै काम गर्न सक्छ भन्ने सन्देश पेन्टिङले दिएको छ ।’
हिजो मार्च ११ बाट सुरु भएको पेन्टिङ प्रर्दशनी आउदो १८ तारिकको दिन सम्म चल्नेछ । कार्यक्रममा नाफाका सदश्य सचिव केके कर्माचार्यले प्रर्दशनीको बारेमा चित्रण गरेका थिए ।

add

प्रतिक्रिया