Bisal Chautari Logo

मुख्यमन्त्री पौडेलका स्वकीय सचिवलाई कोरोना संक्रमणको पुष्टि

- २२ आश्विन २०७७, बिहीबार ०६:५५ मा प्रकाशित


विशाल चौतारी समाचार
काठमाडौ,२०७७ असोज २२ बिहिवार । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको सचिवालयका एकजनालाई कोरोना सङ्क्रमण भएको छ । मुख्यमन्त्री पौडेलको स्वकीय सचिव सुमित्रा काफ्लेलाई सङ्क्रमण पुष्टि भएको हो । काफ्लेलाई सङ्क्रमण भएपछि मुख्यमन्त्री कार्यालय र निवासमा उच्च सतर्कता अपनाइएको छ । परिवारको सदस्यलाई सङ्क्रमण पुष्टि भएपछि काफ्ले १५ दिनदेखि घरमै बस्नुभएको र कार्यालयमा उनको कसैसँग भेटघाट नभएको बुभिएको छ ।

सामान्य रुघाखोकी लाग्ने र टाउको दुख्ने भएपछि कोरोना परीक्षण गर्दा सङ्क्रमण पुष्टि भएको र अहिले आफू होेम आइसोलेसनमा रहेको काफ्लेले बताए । सामान्य रुघाखोकीबाहेक अन्य लक्षण नदेखिएको र पछिल्लो १०/१५ दिनदेखि होम क्वारेन्टिनमा रहेकाले परिवारबाहेक अन्य व्यक्तिसँग भेटघाट नभएको उनले बताए ।

प्रतिक्रिया