Bisal Chautari Logo

धरानका ३९ वर्षीय पुरुष कोरोनासंक्रमित को निधन

- २२ आश्विन २०७७, बिहीबार ०५:४४ मा प्रकाशित


बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत थप एक कोभिड–१९ का बिरामीको निधन भएको छ । मृत्यु हुनेमा धरान नगरपालिका१०, सुनसरीका ३९ वर्षीय पुरुष रहेका छन्।

प्रतिष्ठानका सहप्रवक्ता डा. आशिष श्रेष्ठका अनुसार उनलाई गत असोज १२ गते कोरोना संक्रमण पुष्टि भइ १३ गते अस्पतालमा भर्ना गरिएको थियो ।

उनलाई टीबी पेरिटोनिटिस र हेपाटोर्नियल सिन्ड्रोमको समस्या रहेको थियो । उनको आज बिहान ४ः३० बजे उपचारको क्रममा निधन भएको श्रेष्ठको भनाइ छ ।

प्रतिक्रिया