Bisal Chautari Logo

धनकुटामा शिक्षक र प्रहरीसहित थप ४ जनामा कोरोना संक्रमणको पुष्टि

- २१ आश्विन २०७७, बुधबार ०६:३१ मा प्रकाशित


विशाल चौतारी समाचार
काठमाडौ,२०७७ असोज २१ बुधवार । धनकुटाका थप चार जनामा आज कोरोना संक्रमण पुष्टि भएको छ । धरानस्थित बीपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा पीसीआर परीक्षण गर्दा महालक्ष्मी नगरपालिकाका शिक्षक र प्रहरीसहित चार जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।

संक्रमण पुष्टि हुँनेमा महालक्ष्मी नगरपालिका–४ चानुवास्थित प्रहरी चौकीमा कार्यरत ४३ बर्षीय प्रहरी, महालक्ष्मी–२ मारेककटहरेका ३२ बर्षीय शिक्षक र विदेशबाट फर्किएका मारेकटहरेका दुई युवा छन् । महालक्ष्मी नगरपालिकाका १८ जनाको पीसीआर परीक्षण गर्दा उनीहरुको रिपोर्ट पोजिटिभ आएको नगरपालिकाका हेल्थ असिस्टेन्ट प्रेम भट्टराईले जानकारी दिए ।

प्रतिक्रिया