Bisal Chautari Logo

१३ अक्टोबरमा एप्पलको नयाँ आइफोन रिलिस हुने

- २१ आश्विन २०७७, बुधबार ०५:३८ मा प्रकाशित


विशाल चौतारी समाचार
काठमाडौ,२०७७ असोज २१ बुधवार । नयाँ आइफोनको पर्खाइमा रहेका एप्पलका फ्यानहरुका लागि खुसीको खबर छ । एप्पलले आउँदो मंगलबार आफ्नो नयाँ आइफोन सार्वजनिक गर्ने तयारी गरिरहेको छ ।

आगामी अक्टोबर १३ मा आयोजना हुने एक समारोहका लागि एप्पलले मंगलबार निम्तो पठाएको छ । उक्त निम्तोलाई एप्पलले हाइ स्पिड निमन्त्रणा भनेको छ ।

अक्टोबर १३ मा एप्पलले आफ्नो आइफोनको नयाँ संस्करण आइफोन–१२ सार्वजनिक गर्ने अपेक्षा गरिएको छ । आइफोन–१२ फाइभ जी कनेक्टिभिटी भएको एप्पलको पहिलो आइफोन हुनेछ ।

फाइभ जी कनेक्टिभिटीका कारण आइफोन–१२ ले बजारमा तहल्का पिट्ने र प्रयोगकर्ताहरुको पहिलो रोजाइमा पर्ने विश्लेषण विज्ञहरुले गरेका छन् ।

एप्पलले सामान्यतयाः हरेक वर्ष सेप्टेम्बर महिनामा आफ्नो आइफोनको नयाँ संस्करण सार्वजनिक गर्ने गरेको थियो । तर यस वर्ष गत सेप्टेम्बरमा आयोजित समारोहमा एप्पलले अन्य ग्याजेट सार्वजनिक गरे तापनि आइफोन ल्याएन ।
सेप्टेम्बरमा एप्पलले आफ्नो नयाँ आइप्याड तथा एप्पल वाच लगायतका प्रडक्टहरु सार्वजनिक गरेको थियो ।

कोरोना भाइरस महामारीका कारण उत्पादन तथा आपूर्ति सञ्जालमा अवरोध भएका कारण एप्पलले गत महिना आइफोन–१२ सार्वजनिक नगरेको हुनसक्ने बताइएको छ ।

–सिएनएनबाट

प्रतिक्रिया