Bisal Chautari Logo

एकै दिन सुनको मुल्य ह्वात्तै घट्यो ,कति छ आज ?

- २१ आश्विन २०७७, बुधबार ०५:२५ मा प्रकाशित


 

विशाल चौतारी समाचार
काठमाडौ,२०७७ असोज २१ बुधवार । नेपाली बजारमा आज सुनको भाउ घटेको छ । साताको पहिलो दिन आइतबार प्रतितोला २ सय रुपैयाँले बढेको सुन सोमबार ४ सयले घटेको थियो । मंगलबार सुन एकै दिन ८ सयले बढेको थियो । आज बुधबार सुन ८ सयले नै घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाए अनुसार आज छापावाल सुन ९४ हजार १०० मा कारोबार भइरहेको छ । यस्तै तेजाबी सुनको आजको मूल्य ९३ हजार ६ सय कायम गरिएको छ ।

यता चाँदीको भाउ पनि आज घटेको छ । आज चाँदी २५ रुपैयाँले घट्दै १ हजार १७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

अघिल्लो साता पनि सुनको मूल्यमा घटबढ भइरहेको थियो ।

प्रतिक्रिया