Bisal Chautari Logo

नेपाल प्रहरीमा मात्रै कोरोना संक्रमितको संख्या ४४८४ पुग्यो, हालसम्म २७८४ जना डिस्चार्ज

- २० आश्विन २०७७, मंगलवार ०७:४६ मा प्रकाशित


काठमाडौं । नेपाल प्रहरीमा कोरोना संक्रमितको संख्या ४ हजार ४ सय ८४ पुगेको छ । जसमध्ये २ हजार ७ सय ८४ जना डिस्चार्ज भइसकेका छन् भने १ हजार ७ सय जना सक्रिय संक्रमित छन् ।

सक्रिय संक्रमितमा प्रहरी प्रधान कार्यालयमै ३३४ जना छन् । उपत्यकामा ५९२ जना छन् । यस्तै प्रदेश १ मा १४२ जना, प्रदेश २ मा ९० जना, वाग्मती प्रदेशमा १३३ जना, गण्डकी प्रदेशमा १७३ जना, प्रदेश ५ मा १७४ जना, कर्णाली प्रदेशमा ४२ जना र सुदूरपश्चिम प्रदेशमा १०४ जना प्रहरी कोरोनाका सक्रिय संक्रमित छन् ।

प्रतिक्रिया