Bisal Chautari Logo

निशा र शंकर बिसीलाई पुत्रीलाभ, बिसीले फेसबुक मार्फत खुशी व्यक्त गरे

- २७ फाल्गुन २०७०, मंगलवार १९:१७ मा प्रकाशित


Shankar BC and Nisha Sunar become parents to a daughter .

विशाल चौतारी समाचार
काठमाडौं, २७ फागुन ।
केही समयअघि मात्र अमेरिका पुगेकी गायिका निशा सुनार र नृत्य निर्देशक शंकर बिसीलाई पुत्रीलाभ भएको छ । गायिका निशाले छोरी पाएपछि उनका पति निर्देशक शंकर बिसीले फेसबुक स्टाटस मार्फत छोरी पाएको खुशी व्यक्त गर्दै आफ्नी पत्नी निशालाई धेरै मिस गरिरहेको बताएका छन् ।
कार्यक्रमको सिलसिलामा अमेरिका पुगेकी निशालाई गर्भवती भएकै कारण नेपाल आउन नमिलेपछि अमेरिकामा नै छोरी जन्माउनु पर्ने अवस्था आइपरेको निर्देशक बिसीले बताएका छन् । गायिका निशा र गायक एवं निर्देशक बिसीले केही समयअघि मात्रै आफूहरुले विहेको गरेको फोटो फेसबुकमार्फत सार्वजनिक गरेका थिए । बिहे सार्वजनिक गरेको एक महिना बित्न नपाउँदै उनीहरुलाई पुत्रलाभ भएको हो । तर उनीहरुले पहिले नै औपचारिक रुपमा नै विहे गरेको बताएका छन् ।

add

प्रतिक्रिया