Bisal Chautari Logo

गण्डकी प्रदेशमा थप २१ जनामा कोरोना सङ्क्रमणको पुष्टि, कहाँका कति ?

- २० आश्विन २०७७, मंगलवार ०७:०३ मा प्रकाशित


काठमाडौं – मंगलबार गण्डकी प्रदेशमा थप २१ जनामा कोरोनाभाइरसको संक्रमण देखिएको छ ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरा र चितवन मेडिकल कलेज, चितवनमा गरिएको परिक्षणमा पोखराका ६जनासहित गण्डकीमा थप २१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार थप कोरोना संक्रमित हुनेहरुमा कास्कीका ६ जना, स्याङजाका एक जना, तनहुँका २ जना, गोरखाका एक जना र नवलपरासीका ११ जना रहेका छन् । यससँगै गण्डकीमा प्रदेशमा कोरोना संक्रमितको संख्या ४ हजार २ सय ६४ पुगेको छ ।

प्रतिक्रिया