Bisal Chautari Logo

कोरोनाका कारण गण्डकी प्रदेशमा थप २ जनाको मृत्यु

- २० आश्विन २०७७, मंगलवार ०६:३५ मा प्रकाशित


विशाल चौतारी समाचार
काठमाडौ,२०७७ असोज ९ शुक्रबार ।  कोरोना संक्रमणबाट गण्डकी प्रदेशका थप २ जनाको मृत्यु भएको छ।

गण्डकी स्वास्थ्य विज्ञान प्रतिष्ठानले मंगलबार दिएको जानकारी अनुसार नवलपरासी जिल्लाको कावासोती–७ की ७७ वर्षीया महिलाको बिहान सवा ३ बजे चितवन मेडिकल कलेज तथा गोरखाको बारपाक सुलिचौर–६ की ४५ वर्षीया महिलाको बीपी कोइराला क्यान्सर अस्पतालमा असोज १५ गते निधन भएको हो।

नवलपरासीकी ७७ वर्षीया वृद्धालाई असोज १६ गते स्वासप्रश्वास तथा पिसाबको समस्यासहित अस्पताल भर्ना गरिएको थियो। उनको आईसीयूमा राखेर उपचार गर्दागर्दै निधन भएको हो भने गोर्खाकी महिलामा चाहिँ मृगौलाको समस्या थियो। थप २ जनाको मृत्यु प्रुष्टि भएसँगै गण्डकीमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३६ पुगेको छ।

प्रतिक्रिया