विशाल चौतारी समाचार
काठमाडौ, २०७७ असोज १३ मंगलवार । गायक इन्द्र आर.पीको ‘तिमी मेरो’ बोलको सेलो पप गीतको भिडियो सार्वजनिक भएको छ । शब्द, संगीत र स्वर गायक स्वयम्को रहेको उक्त गीतमा एरेञ्ज तथा मिक्सिङ् राहुल प्रधानको रहेको छ भने मिलन शंकरकले छायांकन र भिडियो निर्देशन आयुष केसीले गरेका हुन् । भिडियोमा राजु ग्याबक र आरोहीकोे अभिनय देख्न सकिन्छ ।
यसअघि पनि थुप्रै चर्चित गीतहरु दर्शक श्रोताको माझमा पस्किसकेका गायक तथा संगीतकार इन्द्र आर.पीले यस गीतलाई पनि सबैले रुचाईदिने विश्वास व्यक्त गरेका छन् ।
प्रतिक्रिया