Bisal Chautari Logo

मिलन चाम्सको नयाँ चलचित्रमा साम्राज्ञी

- १२ आश्विन २०७७, सोमबार १३:४७ मा प्रकाशित


विशाल चौतारी समाचार
काठमाडौ,२०७७ असोज १२ सोमवार । अभिनेत्रि साम्राज्ञी राज्यलक्ष्मी शाहले लगातार चलचित्र साइन गरिरहेकी छन् । उनले लकडाउन खुलेपछि ३ वटा चलचित्र साइन गरेकी छन् । करिब एक महिना अगाडी उनले एक अनटाइटल चलचित्र साइन गरेकी थिइन् । जसमा उनी आना शर्मा र मनिष राउतसँग काम गर्ने छिन् । त्यस्तै, उनले केहि दिन अगाडी पल शाहसँग ‘रेड वाइन’ साइन गरेकी थिइन् ।
यो चलचित्रलाई रमेश एम.के पौडेलले निर्देशन गर्ने छन् । हालै साम्राज्ञीले निर्देशक मिलन चाम्सको एक अनटाइटल प्रोजेक्ट साइन गरेको खबर बाहिरिएको छ । अभिनेत्रि साम्राज्ञी र निर्देशक चाम्सबीच लिखित सम्भौता भइसकेको छ । यो चलचित्रको कथा तयार भइरहेको छ । भने चलचित्रको लागि चभिनेता अडिसन मार्फत छनोट गरिने बताइएको छ । यो चलचित्र अर्काे वर्षको सुरुवातमा छायांकनमा जाने तयारीमा छ ।

प्रतिक्रिया