Bisal Chautari Logo

राजेश पायल राईको ‘मेरो प्यारो बाबा’ गीत सार्वजनिक (भिडियो सहित)

- ३० भाद्र २०७७, मंगलवार १८:३५ मा प्रकाशित


विशाल चौतारी समाचार
काठमाडौ,२०७७ भाद्र ३० मंगलबार । राई इज किङ अर्थात चर्चित गायक राजेशपायल राईको स्वरमा नयाँ गीत ‘मेरो प्यारो बाबा’ सार्वजनिक भएको छ । गीतमा संगीतकार तथा गायक उत्तम राईको शब्द तथा संगीत रहेको छ । गीत उत्तम राई अफिसियल युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको छ ।
गीतमा एउटा सन्तानले आफ्नो बाबुप्रतिको माया र बाबुले सन्तानका लागि गरेको संघर्षलाई प्रस्तुत गरिएको छ । भिडियोमा गायक राजेशपायल फिचर्ड छन् ।

भिडियो हर्नुहोस् :-

गीतमा साजन शाहको मिक्सिङ र मास्टरिङ छ भने एरेन्जर पदम रञ्जन मगर हुन् । भिडियोलाई पत्रकार तथा निर्देशक विशाल राईले निर्देशन, छायांकन एवं सम्पादन गरेका छन् ।

Bisalchautari TV Interview’s

 

प्रतिक्रिया