Bisal Chautari Logo

पवन गिरीले गीत मार्फत दर्शाएको ‘काठमाडौंको साढेसात’ (भिडियो सहित)

- १६ भाद्र २०७७, मंगलवार १०:३६ मा प्रकाशित


विशाल चौतारी समाचार
काठमाडौ,२०७७ भाद्र १६ मंगलबार । पवन गिरीले ‘काठमाडौंको साढेसात’ बोलको रक गीत सार्वजनिक गरेका छन् । पवनले गीत मार्फत दर्शाएको ‘काठमाडौंको साढेसात’ काठमाडौंको बेतिथिलाई वास्तविकतामा प्रस्तुत गरिएको छ । काठमाडौंको अव्यवस्थित सडक, भीडभाड, धुँवाधुलोले मानिसको दैैनिकीलाई गाह्रो बनाएको गहन विषय गीतमा रहेको छ ।

गीत हेर्नुस् :-

रम्बो अधिकारीको शब्द रहेको गीतमा कल्याण सिंह र गायक स्वयम पवनले नै संगीत भरेका छन् । गीतलाई सम्राट न्यौपानेले एरेन्ज गरेका छन् । राज पोखरेलले खिचेको म्युजिक भिडियोलाई प्रतिक ढुंगेलले सम्पादन गरेका हुन् । यो म्युजिक भिडियोको कन्सेप्ट सुजय गौतमको हो ।

प्रतिक्रिया