Bisal Chautari Logo

विशालको निर्देशनमा ममताको ‘म तिम्रै हुँ’ गीत सार्वजनिक (भिडियो सहित)

- १४ भाद्र २०७७, आईतवार १६:३४ मा प्रकाशित


विशाल चौतारी समाचार
काठमाडौ,२०७७ भाद्र १४ आइतवार । नेपाल आइडल सिजन ३का उत्कृष्ट ९ मा पर्न सफल भएकी ममता गुरुङको ‘म तिम्रै हुँ’ बोलको गीतको फिमेल भर्सनमा कभर गीत सार्वजनिक भएको छ । नेपाल आइडल सिजन २ का अमित बरालले गाएको ‘म तिम्रै हुँ’ बोलको गीतलाई ममताले फिमेल भर्सनमा गाएकी हुन् ।

भिडियो हेर्नुहोस् :-

पुष्पन प्रधानको शब्द संगीतमा रहेको गीतलाई ममताको फिमेल कभर भर्सनलाई दर्शकहरुले सकारात्मक प्रतिक्रिया दिएका छन् । भिडियोमा विशाल अर्यालको निर्देशन रहेको छ। अमृत सुनुवारले खिचेको गीतको भिडियोलाई माधव बेलबासेले सम्पादन गरेका हुन् । गीतलाई ममता गुरुङकै आधिकारी युट्युव च्यानलमा सार्वजनिक गरिएको छ ।

 

प्रतिक्रिया