Bisal Chautari Logo

न्ह्यू वज्राचार्यको संगीतमा तायाहाङ्मा राईको ‘सफलता’ सार्वजनिक (भिडियो सहित)

- १३ भाद्र २०७७, शनिबार ०४:३३ मा प्रकाशित


विशाल चौतारी समाचार
काठमाडौ,२०७७ भाद्र १३ शनिबार । गायिका तायाहाङ्मा राईको स्वरमा ‘सफलता’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । बरिष्ठ संगीतकार न्ह्यू वज्राचार्यको संगीत रहेको गीतमा प्रताप दिलुङ्छा राईको शब्द रहेको छ । यस गीतलाई चर्चित एरेञ्जर गोपाल रसाइलीले एरेञ्ज गरेका छन् ।

म्युजिक भिडियो हेर्नुहोस् :-

यस गीतको म्युजिक भिडियो दिनेश माङमु लिम्बुले निर्देशन गरेका छन् । बुद्ध थापाको छायाँकन तथा प्रकाश एस.के. को सम्पादन रहेको भिडियोमा अनुसा राई र कमल सिंहले मोड्लिङ गरेका छन् ।

Bisalchautari TV – Interview

प्रतिक्रिया