Bisal Chautari Logo

‘नागबेली’लाई ‘पिजी’ प्रमाणपत्र

- २८ फाल्गुन २०७०, बुधबार ०७:१३ मा प्रकाशित


‘nagbeli ‘ team satisfied by PG certificate, releasing on Dec 7
विशाल चौतारी समाचार
कठमाडौं, २८ फागुन ।
विभिन्न तवरले राम्रो आसा गरिएको चलचित्र ‘नागबेली’लाई सेन्सर जाचपास समितीले ‘पिजी’ सर्टिफिकेट दिएको छ । यसकारण अब चलचित्रलाई १६ वर्ष मुनिका बालबालिकाले अभिभावकको साथमा हेर्नु पर्ने भएको छ ।
चलचित्र ‘नागबेल’लाई लामो समय नृत्य निर्देशनमा अगाडी रहेका गोविन्द राईले पहिलो चोटी निर्देशन गरेको सिनेमा हो भने लामो पत्रकारीतामा बिताएका वरिष्ठ रङ्ग पत्रकार दिपेन्द्र लामाले यस चलचित्रलाई लेखेका हुन् । चलचित्रमा युवा बेरोजगार र विदेश उड्नु पर्ने बाध्यतालाई मुख्य विषय बनाइएको छ । एउटा तर्साउने दृश्यलाई आधार मान्दै आफ्नो चलचित्रले पिजी प्रमाणपत्र पाएको चलचित्रका निर्देशक गोविन्द राईले बताए । सेन्सर सदस्यले ‘नागबेली’ चलचित्र मन परेको प्रतिक्रिया दिएपछि चलचित्रका युनिट खुसी रहेको छन् । चलचित्रमा समावेश कुनै पनि दृश्य तथा संवाद नहटाइएको बताइएको छ ।
चलचित्र ‘नागबेली’लाई आउँदो साउनमै प्रदर्शन गरिने योजना बनाइरहेको रहेको  बताइएको छ । चलचित्रमा रोमियनको लगानी छ, भन चलचित्रमा दयाहाङ राई, यशराज गराच, विक्की मल्ल, हषिर्का श्रेष्ठ, सुरवी जैन विष्ट, सम्भव श्रेष्ठ र लुनिभा तुलाधरको मुख्य भूमिका छ ।

add

प्रतिक्रिया