Bisal Chautari Logo

समिक्षा र प्रसाद स्वरमा ‘पानी छल्काले’कोे सार्वजनिक (भिडियो सहित)

- १२ भाद्र २०७७, शुक्रबार १२:२८ मा प्रकाशित


विशाल चौतारी समाचार
काठमाडौ,२०७७ भाद्र १२ शुक्रवार । विगत डेढ दशकदेखि नेपाली सांगीतिक क्षेत्रमा सक्रिय गितकार,गायक तथा मोडल समेत रहेका सुरेन्द्र लामिछानेको नयाँ शैलीको गीत ‘पानी छल्काले’को भिडियो सार्वजनिक भएको छ ।
अहिले चर्चाको शिखरमा रहेककी गायिका समिक्षा अधिकारी र गायक प्रसाद लामिछानेको स्वरमा सजिएको गीत सुरेन्द्र आँफैले लेखेका हुन् । अभिनेत्रि नम्रता सापकोटा ,सुरेन्द्र लामिछाने , प्रल्हाद सुवेदीको अभिनय रहेको छ ।

भिडियो हेर्नुहोस् :-

सम्पादन र कुमार केसीको निर्देशन रहेको छ । आफुले निर्देशन गरेका धेरै म्युजिक भिडियो भन्दा यो म्युजिक भिडियो अलि पृथक रहेको बताउँछन् निर्देशक केसी । कोरोना भाइरसका कारणले आक्रान्त भईरहेका बेला श्रोता,दर्शकहरुमा केही खुशी मिलोस् भनेर गित तयार गरिएको सुरेन्द्र बताउँछन् । उनी भन्छन् ‘कोरोनाका कारण आफ्नो मान्छेबाट टाढा रहेकाहरुले मन भुलाउन सकुन भन्ने आशय हो ।’

प्रतिक्रिया