Bisal Chautari Logo

प्रमोदको ’नेपाली म हुन सकु’मा दिलिप फिचर्ड (भिडियो सहित)

- १२ भाद्र २०७७, शुक्रबार १२:१६ मा प्रकाशित


विशाल चौतारी समाचार
काठमाडौ,२०७७ भाद्र १२ शुक्रवार । चर्चित गायक प्रमोद खरेलको स्वरमा ’नेपाली म हुन सकु’ बोलको रास्ट्रीय गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । राष्ट्रिय भावानाले ओतप्रोत यस गीतमा स्वर प्रमोद खरेलको रहेको छ भने शब्द यम प्रसाद आचार्यको रहेको छ । यस गीतलाई दीपकराज बिश्वकर्माले संगीतवद्द गरेका हुन् ।

भिडियो हेर्नुहोस् :-

म्युजिक भिडियोमा अभिनेता दिलिप रायमाझी फिचर्ड छन् । भिडियोलाई उत्सब दाहालले छायांकन गरेका हुन् भने विकाश दाहालले सम्पादन गरेका हुन् । नारायण काँईलो प्रति विशेष धन्यवाद व्यक्त गरिएको यस भिडियोलाई प्रकाश धितालको कन्सेप्ट र निर्देशनमा भिडियो तयार पारिएको हो । यस भिडियोलाई माया गरिदिन निर्माण टिमले सम्पूर्ण नेपालीहरुमा आग्रह गरेका छन् ।

प्रतिक्रिया