Bisal Chautari Logo

अस्मिता र कृशलको आवाजमा ’तिम्रो साथमा रमाऊँ’ (भिडियो सहित)

- ११ भाद्र २०७७, बिहीबार १०:१३ मा प्रकाशित


विशाल चौतारी समाचार
काठमाडौ,२०७७ भाद्र ११ बिहिवार । अस्मिता अधिकारी र कृशल कँडेलको आवाजमा नयाँ गीत सार्वजनिक भएको छ । ’नेपाल आइडल सिजन २’ बाट चर्चामा आएका अस्मिता र कृशलले पहिलो पटक एकसाथ गीत गाएका हुन् । ’तिम्रो साथमा रमाऊँ’ बोलको गीत मङ्गलवार युट्युबमा सार्वजनिक गरिएको हो ।

भिडियो हेर्नुहोस् :-

गीतमा निप्रिस उप्रेतीको शब्द, निप्रिस र पुरुषोत्तम सुवेदीको कम्पोज रहेको छ । सार्वजनिक म्युजिक भिडियोमा अस्मिता र कृशल नै फिचर्ड छन् । यस रोमान्टिक म्युजिक भिडियोलाई शक्ति प्रज्ज्वल घिमिरेले निर्देशन र सम्पादन गरेका हुन् । भने नमराज घिमिरेले खिचेका हुन् ।

 

प्रतिक्रिया