Bisal Chautari Logo

दयाहाङ र आँचल फिचर्ड गीत ‘त्यो तिमि हौ’ सार्वजनिक (भिडियो सहित)

- ११ भाद्र २०७७, बिहीबार ०९:४४ मा प्रकाशित


विशाल चौतारी समाचार
काठमाडौ,२०७७ भाद्र ११ बिहिवार । राजेश पायल राईको आवाजमा रहेको ‘त्यो तिमि हौ’ बोलको नयाँ गीतको भिडियो सार्वजनिक गरिएको छ । गीतमा निर्मला राई ‘परिवेश’को शब्द रचना तथा अर्जुन पोखरेलको संगीत रहेको छ । मिलन चाम्सको निर्देशनमा बनेको भिडियोमा अभिनेता दयाहाङ राई र अभिनेत्रि आँचल शर्मा फिचर्ड छन् ।

भिडियो हेर्नुहोस्:-

महाराज थापाको संगीत संयोजन रहेको गीतको भिडियोलाई सुदिप बरालले छायाँकन,प्रज्वलित पराजुलीले सम्पादन र जुनीम गहतराजले कलर संयोजन गरेका छन् । भिडियोको सहायक निर्देशन गिरिराज घिमिरेले गरेका छन् । भिडियोमा दयाहाङ र आँचल रोमान्टिक मुडमा प्रस्तुत भएका छन् । भिडियो ओएसआर डिजिटलको अफिसियल च्यानल मार्फत सार्वजनिक गरिएको हो ।

प्रतिक्रिया