Bisal Chautari Logo

बुद्ध र सज्जाको स्वरमा रहेको ’हुन्न हुन्न हुदै हुन्न’ सार्वजनिक (भिडियो सहित)

- ११ भाद्र २०७७, बिहीबार ०९:२७ मा प्रकाशित


विशाल चौतारी समाचार
काठमाडौ,२०७७ भाद्र ११ बिहिवार । रियालिटी शो नेपाल आइडल सिजन १ विजेता गायक बुद्ध लामा र हाल नेपाल आइडल सिजन ३ मा फाइनल ३ मा रहेकी प्रतिस्पर्धी सज्जा चौलागाईको युगल स्वरमा रहेको गीत ’हुन्न हुन्न हुदै हुन्न’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । रोमाण्टिक फ्लेवर को यस गीतका शब्द रमेश दहालले लेखेका हुन् भने टिका दहालले संगीतवद्द गरेका हुन् । यस गीतलाई राहुल प्रधानले संगीत संयोजन गरेका हुन् ।

भिडियो हेर्नुहोस् :-

म्युजिक भिडियोमा गायक बुद्द लामा र अभिनेत्रि मलिका महतको रोमान्स देख्न सकिन्छ । सुबोल थापाले कोरियोग्राफी गरेको भिडियोलाई नवराज उप्रेतीले छायांकन गरेका हुन् । नविन निरौलाले कलरिङ र सम्पादन गरेको भिडियोलाई गम्भीर बिस्टको निर्देशनमा तयार पारिएको हो ।
भिडियो रिलिज संगै निर्माण टिमले टिकटक कम्पिटिसनको घोषणा गरेको छ । गीतको कुनै पार्टमा डोयट टिकटक बनाएर सहभागी भएमा उत्कृष्ट २ जनाले प्रस्तुतिको आधारमा १०-१० हजार पुरुष्कार स्वरूप प्राप्त गर्ने छन् । निर्माण टिमले सम्पूर्ण दर्शक, स्रोता र मिडिया हाउसबाट सकारात्मक प्रतिक्रियाको अपेक्षा राखेका छन् ।

प्रतिक्रिया