Bisal Chautari Logo

दुर्गेश थापाको ‘आलु जस्तो गायक’ गीत १ दिनमै युट्युव ट्रेन्डिङको १ नम्बरमा ( भिडियो सहित )

- ५ भाद्र २०७७, शुक्रबार १५:०८ मा प्रकाशित


विशाल चौतारी समाचार
काठमाडौ,२०७७ भाद्र ६ शुक्रबार । चर्चित गायक दुर्गेश थापाको ‘आलु जस्तो गायक’ बोलको गीत सार्वजनिक भएको १ दिनमै युट्युव ट्रेन्डिङको १ नम्बरमा परेको छ । यो गीत केही समय अगाडी दुर्गेशको एक अन्तर्वार्ताको विवादको बिषयलाई केन्द्रित गरेर बनाइएको हो । दुर्गेशले आफु संगीतमा ट्रोल बनेको विषयमा संगीतकै माध्यमबाट दर्शकहरुलाई आफ्नो बारेमा बताएका छन् ।
म्युजिक भिडियोमा दुर्गेशका साथ चर्चित अभिनेता द्धय पल शाह र पुष्प खड्का देखिएका छन् । गीतको भाव र भिडियोको समायोजन दमदार रहेको छ । भिडियोमा दुर्गेश गाउले परिवेशको भेषमा देखिन्छन् । दुर्गेशसंगै भिडियोमा सारिका केसीको पनि अभिनय रहेको छ ।

भिडियो हेर्नुहोस् :-

चर्चित संगीतकार तथा गायक बसन्त थापाको शब्द तथा संगीत रहेको गीतलाई निर्देशक शिव बि.क.ले निर्देशन गरेका छन् । यस भिडियोलाई अर्जुन तिवारीको सिनेमाटोग्राफी रहेको छ । भिडियोलाई मिलन विश्वकर्माले सम्पादन गरेका छन् ।

प्रतिक्रिया