Bisal Chautari Logo

भ्वाइसपछि बिकाश लिम्बुको ‘पहिलो नजर’ बोलको गीत सार्वजनिक (भिडियो सहित)

- ३ भाद्र २०७७, बुधबार १२:०२ मा प्रकाशित


विशाल चौतारी समाचार
काठमाडौ,२०७७ भाद्र ३ बुधबार । भ्वाइस अफ नेपाल सिजन २ का रनरअप बिकाश लिम्बुको ‘पहिलो नजर’ बोलको गीत सार्वजनिक भएको छ । भ्वाइस अफ नेपालपछि बिकाशको यो गीत पहिलो रहेको छ । गीतमा सुरज तामाङको संगीत रहेको छ भने, ध्रुव केसीको शब्द रहेको छ । गीतलाई देबेश राईले एरेञ्ज गरेका छन् ।

गीत हेर्नुहोस् :-

गायक तथा संगीतकार सुरजको निर्देशनमा बनेको म्युजिक भिडियो निकै तारिफ योग्य बनेको छ । गीतको भावलाई न्यायपुर्ण रुपमा उतारिएको म्युजिक भिडियोमा गायक स्वयम बिकाश र नया कलाकार ब्रिक्क्षा लिम्बुको अभिनयपनि उत्तिकै तारिफ योग्य रहेको छ ।

वि.सं. २०६५ सालको समयलाई उतारिएको म्युजिक भिडियोमा बिकाशले माध्यमिक तह सम्म अध्ययन गरको स्कुलमै छायांकन गरिएको हो । सोहि समय अनुसार बिकाश र ब्रिक्क्षालाई भिडियोमा उतारिएको छ । म्युजिक भिडियोलाई योगेश दाहालले छायांकन र सम्पादन गरेका हुन् ।

यस गीतको बारेमा गरिएको कुराकानी हेर्नुहोस् :-

प्रतिक्रिया