Bisal Chautari Logo

राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधन

- ३ भाद्र २०७७, बुधबार ११:०३ मा प्रकाशित


विशाल चौतारी समाचार
काठमाडौ,२०७७ भाद्र ३ बुधवार । राष्ट्रकवि माधव प्रसाद घिमिरेको १०१ वर्षको उमेरमा मंगलबार साँझ ५ बजेर ५५ मिनेटमा काठमाडौंको कपुरधारास्थित आफ्नै घरमा निधन भएको थियो । घिमिरेको आज पशुपति आर्यघाटमा राष्ट्रिय सम्मानका साथ अन्त्येष्टी गरिएको छ । अन्त्येष्टिको सम्पूर्ण जिम्मेवारी नेपाली सेनाले लिएको थियो । राष्ट्रकवि घिमिरेले नेपाली सांगीतिक क्षेत्रलाई पनि कालजयी कर्णप्रिय गीतहरु दिएका छन् । उनका गीतहरुमा राष्ट्रियता, प्रेम, भावना, पोखिएका छन् ।

प्रतिक्रिया