Bisal Chautari Logo

दश राष्ट्रिय गायक-गायिकाको स्वरमा ’इनफ इज इनफ’ (भिडियो सहित)

- २ भाद्र २०७७, मंगलवार ०८:२० मा प्रकाशित


विशाल चौतारी समाचार
काठमाडौ,२०७७ भाद्र २ मंगलवार । देशमा वैदेशिक शक्तिको हस्तक्षेप, बढ्दो भष्ट्राचार, कालोबजारी, कमिसनखोर र दलाल प्रवृत्तिले नेपाली जनताको जीवन कष्टकर बन्दै गएको छ । कोरोनाको महामारीको समयमा समेत भ्रष्टाचारको दुर्गन्ध फैलिएको छ । सत्ताका लागि लुछाचुडी उस्तै छ । दुई तिहाइको सरकारबाट जनतामा जुन अपेक्षा थियो, त्यो निराशामा परिणत हुँदै गएको अवस्था छ ।
यीनै विषयलाई शिव सुवेदीको शब्द तथा संगीतमा तयार भएको ’इनफ इज इनफ’ अर्थात ’अत्ति भयो अत्ति’ बोलको गीतमा उतारिएको छ । यो गीतमा दशजना गायक(गायिकाले आवाज भरेका छन् । गीतमा कुलेन्द्र विक, सम्झना भण्डारी, खेम सेञ्चुरी, सुनिता बुढा क्षेत्री, सूर्य खड्का, मञ्जु पौडेल, विक्रम परियार, कमला पोखरेल, नरेश खाती र टिका सानुको स्वर रहेको छ ।

भिडियो हेर्नुहोस :-

देशमा राजनीति व्यवस्था परिवर्तन भए पनि सामान्ती सोच र संस्कारमा परिवर्तन आउन सकेको विषयलाई उठान गरिएको गीतमा देवेन्द्र क्षेत्रीको डाइलग छ । गीतमा ‘इनफ इज इनफ’ अभियानलाई समेत जोडिएको छ । गीतलाई यूट्युबमा दर्शक तथा स्रोतले रुचाएका छन् । गीतले वर्तमान नेपालको वास्तविक दृश्य पेश गरेको गीतकार सुवेदी बताउँछन् । ’देश यसरी नै चलेको छ, निर्मल पन्तहरु रोइरहेछन, कोरोनाले सबैलाई तहस नहस बनाउदा देश चलाउनेहरु पैसा कमाउन, सत्ता जोगाउनतिर लागेका खबर सुनिन्छ। बिगत देखि नै जनता मार्ने र मर्ने चलिरहेकै छ। यस्तै घटनाहरुले जन्माएको हो यो गरिबको गीत, जहाँ मैले गरिब जनताले के के भोग्नु पर्छ भनेर उतार्ने प्रयास गरेको छु’, गीतकार तथा संगीतकार शिव सुवेदीले बताए ।

प्रतिक्रिया