Bisal Chautari Logo

डि.आर. सुजनको ‘मेरो बाबा’ बोलको गीत सार्वजनिक (भिडियो सहित)

- ३२ श्रावण २०७७, आईतवार ०८:११ मा प्रकाशित


विशाल चौतारी समाचार
काठमाडौ,२०७७ श्रावन ३२ आइतवार । गायक तथा संगीतकार डि.आर. सुजनले आफ्नो बोली नफुट्दै आफ्नो बुबा गुमाउनु प¥यो । यसैको आधारमा रहेर उनले ‘मेरो बाबा’ बोलको गीत तयार पारेको हो । गीतको भिडियो डि.आर. सुजन युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ । गीतमा डि.आर. सुजन सहित १२ जनाको स्वर रहेको छ । सुजनले भिडियोमा आफ्नो दाजु र भाईको रुपमा दिवाकर भण्डारी र लेखान्त भुसाललाई राखेका छन् । भिडियोको निर्देशन पनि सुजनको नै रहेको छ ।

भिडियो हेर्नुहोस् :-

‘यसभन्दा अघि धेरै भिडियोको काम गरेँ तर यो भिडियो आफ्नै जीवनको घटना भएकाले होला, काम गर्दा धेरै पटक आँशु झ¥यो ।’— डि.आर. सुजन
गीतमा पुरुस्वत्तम न्यौपाने, पशुपति शर्मा, खुमन अधिकारी, इश्वर सिंह, तारानाथ आचार्य, शम्भु कुँवर, मौसम गुरुङ, किशान नेपाली, डि.आर. सुजन, राजन कार्की, टेक नारायण चापागाई) र नारायण भट्टराईको स्वर रहेको छ ।
भिडियोमा सुरविर पण्डित, रमा थपलिया, साया भण्डारी, कृष्ण मंगल श्रेष्ठ, अमृत पौडेल, बिमल खड्का, मनीकुमार राई र निर्मला आचार्यको पनि अभिनय रहेको छ । रेशम दर्लामीले खिचेको भिडियो मनोज कार्कीले सम्पादन गर्नुभएको हो ।

प्रतिक्रिया